नियम ३०
बढुवाका आधार
: (१) बढुवा समितिले प्रहरी कर्मचारीलाई कार्यक्षमता वापत पाएको कूल अङ्कको आधारमा बढुवाका लागि सिफारिस गर्नेछ ।
(२) उपनियम (१) बमोजिम कार्य क्षमताको मूल्याङ्कन गर्दा देहाय बमोजिम बढीमा एकसय अङ्क दिइनेछ ।
(क) कार्यसम्पादन मूल्याङ्कन वापत – ४० अङ्क
(ख) ज्येष्ठता वापत – २२ अङ्क
(ग) भौगोलिक क्षेत्रमा काम गरेको अनुभव वापत – ८ अङ्क
(घ) शैक्षिक योग्यता वापत – १० अङ्क
(ङ) तालीम वापत – ७.५ अङ्क
(च) चुनौतीपूर्ण वा विशेष जिम्मेवारी वापत – ५ अङ्क
(छ) .....
(ज) बढुवा समितिले दिने – ७.५ अङ्क
(३) सम्भाव्य उम्मेदवारको कार्य सम्पादन मूल्याङ्कन वापत अङ्क गणना गर्दा असार मसान्त सम्मको हिसाबले र अन्य अङ्कको गणना गर्दा वढुवाको बैठक बस्नु भन्दा अघिल्लो दिनसम्म हासिल गरेको अङ्क गणना गरिनेछ ।
(४) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि नियम ५ को उपनियम (६) बमोजिम कायम हुने प्रहरी वरिष्ठ नायब निरीक्षक, प्रहरी वरिष्ठ हवल्दार र प्रहरी सहायक हवल्दारको दरबन्दीमा बढुवा गर्दा यो उपनियम प्रारम्भ भएपछि पहिलो एक पटक ज्येष्ठताको आधारमा बढुवा समितिको सिफारिस बमोजिम बढुवा गरिनेछ ।